Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सर्वोच्चमा कट्टेल र दाहाल रजिस्ट्रार, न्याय परिषद् सचिवमा भट्टराई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |
newsabhiyan

काठमाडौं, ३० भदौ ।   न्याय परिषद्ले सर्वोच्च अदालतको रजिस्ट्रारसहित न्यायिक क्षेत्रका विभिन्न महत्वपूर्ण पदमा नियुक्ति गरेको छ।

आज बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको रजिस्ट्रारमा ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई नियुक्त गरेको हो। दुवै जना यसअघि सर्वोच्च अदालतमा सहसचिवका रूपमा कार्यरत थिए।

त्यस्तै, लामो समयदेखि रिक्त रहेको न्याय परिषद्को सचिवमा रामप्रसाद भट्टराई नियुक्त भएका छन्।

भट्टराई यसअघि न्याय परिषद्मै कामु सचिवका रूपमा कार्यरत थिए। परिषद्को सचिव पद करिब पाँच महिनादेखि रिक्त रहेको थियो।

बैठकले उच्च अदालतका न्यायाधीशमा भद्रकाली पोखरेल, हिमलाल बेलवासे र गजेन्द्रबहादुर सिंहलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

पोखरेल यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारका रूपमा कार्यरत थिए। बेलवासे कास्की जिल्ला अदालतका न्यायाधीश थिए भने सिंह फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशकका रूपमा कार्यरत थिए।

न्याय परिषद्को पछिल्लो निर्णयसँगै सर्वोच्च अदालतको प्रशासनिक नेतृत्व, न्याय परिषद्को सचिवालय तथा उच्च अदालतको न्यायिक संरचनामा महत्वपूर्ण जिम्मेवारीहरू पूर्ति भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan