Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस)

काठमाडौँ, १२ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ मा  सुनछाप पहिरोबाट प्रभावित स्थानीयका समस्या र क्षतिबारे जानकारी लिनुभएको छ ।

लामो समयदेखि समस्या बनेको सुनछाप पहिरोबाट गत असोजमा थप क्षति भएपछि त्यस क्षेत्रको आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित भएको छ ।

मन्त्री श्रेष्ठले स्थानीयवासीसँग छलफल गरी पहिरोका कारण उत्पन्न जोखिम र समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

मन्त्री श्रेष्ठले पहिरो नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी एकीकृत योजना अघि बढाउने प्रयास थालिएको जानकारी पनि दिनुभयो । 

साथै उहाँले  पर्वतका प्रतिनिधिसभा सदस्य सागर भुसालले सुनछाप पहिरो नियन्त्रणको आवश्यकता औँल्याउँदै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan