Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस)

जुम्ला, १२ मङ्सिरः नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल)ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । 

    त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, व्यावहारिक सीप तथा उद्यमशील क्षमता परीक्षण गरिएको थियो । आईजात्रा शीर्षकका भएको उक्त कार्यक्रममा विद्यार्थीलाई आफ्ना सीप प्रदर्शनको अवसर पनि दिइएको थियो । 

    विद्यार्थीहरूद्वारा विकसित नवीन उत्पादन तथा सिर्जनाहरू समेटिएका १४ वटा प्रदर्शनी कक्ष पनि समावेश गरिएका थिए । श्रवण अपाङ्गता भएका विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको प्रदर्शनीमा कृत्रिम बौद्धिकताको प्रयोग गरी तयार गरिएका कथा पुस्तकका डिजाइन, स्थानीयस्तरमा खेर गइरहेका ओखरबाट तयार गरिएको छालाको स्क्रब पाउडर तथा स्थानीय जडीबुटी र कृषिउपजका लागि नवीन प्याकेजिङ र ब्रान्डिङका नमूनाहरू आकर्षणका रूपमा प्रस्तुत भएका थिए ।

    कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनराज शर्माले विद्यालयमा यस्तो महत्वपूर्ण अवसर सिर्जना गरेकामा इडब्ल्युबी नेपाल तथा त्यसका साझेदार संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो । 

    इडब्ल्युबी नेपालका अध्यक्ष कपिलदेव रेग्मीले सामुदायिक विद्यालयहरूमा नवप्रवर्तन एवं सिर्जनशीलताको महत्वबारे मन्तव्य व्यक्त गर्दै  परम्परागत कक्षाकोठाभन्दा बाहिर गएर विद्यार्थीहरूलाई प्राविधिकको प्रयोग गर्न, नवीन सोच विकास गर्न, समस्या समाधानका उपाय खोज्न तथा आफ्ना विचारलाई व्यावहारिक उत्पादनमा रूपान्तरण गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।  

    उक्त कार्यक्रम ग्लोबल आइएमई बैंक र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सहयोगमा सञ्चालन गरिएको इडब्ल्युबी नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan