आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
बाँके, ११ मंसिर : नरैनापुर गाउँपालिका-२ बेउचहवा बस्ने जबरिल खाँ को घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख ५९ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
