Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साइबर जोखिम बढ्दै जाँदा अष्ट्रेलियाको पूर्वाधार सुरक्षा चिन्ताको विषयः प्रतिवेदन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस/सिन्ह्वा)

हालै माइक्रोसफ्टको सेवामा देखिएको अवरोधले परस्पर जोडिएका प्रणालीहरूको संवेदनशीलता उजागर गरेको छ । यसै सन्दर्भमा सार्वजनिक एक नयाँ प्रतिवेदनले अष्ट्रेलियामा महत्वपूर्ण पूर्वाधारको उत्थानशीलता मूल्याङ्कन गर्न आवश्यक राष्ट्रिय मापदण्डको अभाव रहेको औँल्याएको छ ।

    अष्ट्रेलियन एकेडेमी अफ टेक्नोलोजिकल साइन्सेज एन्ड इन्जिनियरिङले साइबर सुरक्षा कम्पनी फोर्टिनेटसँगको सहकार्यमा बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार साइबर जोखिम, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग तथा विभिन्न प्रणालीबीचको अन्तरनिर्भरताले विद्युत्, खानेपानी, यातायात र सञ्चारजस्ता अत्यावश्यक सेवाहरूको सुरक्षामा चुनौती थपिरहेका छन् ।

    एकेडेमीकी अध्यक्ष क्याथी फोलीले पूर्वाधारको उत्थानशीलता भन्नाले साइबर आक्रमण रोक्ने कार्यमा मात्र सीमित नरही सम्भावित अवरोधका समयमा पनि अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा राख्ने र प्रभावित सेवाहरूलाई शीघ्र पुनःस्थापना गर्ने क्षमता बुझिने बताउनुभएको छ ।

    त्यसैगरी, फोर्टिनेटका विश्वव्यापी खतरा सूचना विभागका उपाध्यक्ष डेरेक म्यान्कीले साइबर खतरा थप जटिल र तीव्र बन्दै गएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार कृत्रिम बुद्धिमत्ताको प्रयोगले सम्भावित लक्ष्य पहिचान गर्ने, आक्रमणका विधि विकास गर्ने तथा कार्यान्वयन गर्ने प्रक्रियालाई तीव्र बनाएको छ । यसले मानवीय निर्णयका लागि उपलब्ध समयसमेत घटाउँदै लगेको छ ।

    प्रतिवेदनले महत्वपूर्ण पूर्वाधारबीचको अन्तरनिर्भरता पहिचान तथा मूल्याङ्कन गर्न राष्ट्रिय प्रणाली स्थापना गर्न, सूचनाको आदानप्रदानलाई प्रभावकारी बनाउन र सञ्चालन, सूचना प्रविधि तथा संस्थागत सुशासनसँग सम्बन्धित जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न सुझाव दिएको छ ।

    यसका साथै, डिजिटल तथा कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वाधारलाई समेत महत्वपूर्ण राष्ट्रिय पूर्वाधारका रूपमा मान्यता दिनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

    प्रतिवेदनले सेवा अवरुद्ध हुने अवधि, सेवा पुनःस्थापनाका लागि लाग्ने समय तथा एउटा प्रणालीमा उत्पन्न समस्याले अन्य प्रणालीमा पार्ने श्रृंखलाबद्ध प्रभावको आवृत्तिसमेत नियमित रूपमा मापन गर्नुपर्नेमा जोड दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan