Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस-एएफपी)

जकार्ता, ९ मङ्सिर : इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ ।

पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पस्दा कामदारहरू फसेका हुन् । पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले उद्धार गर्न बाँकी रहेका २६ जना कामदारलाई सुरक्षित बाहिर निकाल्न संयुक्त टोलीले प्रयास गरिरहेको बताउनुभएको छ ।

उहाँका अनुसार वर्षायामको प्रतिकूल अवस्था र खानीभित्र पस्ने साँघुरो मार्गका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । खानीको उत्खनन सुरुङमा प्रवेश गरी कामदारको खोजी तथा उद्धार गर्न टोलीले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

बाढी पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । खानीभित्र कामदार फसेको जानकारी अधिकारीहरूले मङ्गलबार मात्र पाएका थिए ।

दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन् । विशेषगरी अनुमति नलिई सञ्चालन गरिएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र त्यसको पालना नहुने भएकाले यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan