Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |

काठमाडौँ, २ मङ्सिरः चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–२ मा स्थान बनाएको छ । आज भएको भएको ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर–२ मा स्थान बनाएको हो ।

    चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । आजको हारपछि काठमाण्डु भने उपाधि दौडबाट बाहिरिएको छ । ‘एलिमिनेटर’ खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३०, सहान अराच्चिगेले २४, रशिद खानले १२ र सन्तोष यादवले १० रन जोडे ।

    बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । चितवनका लागि बलिङतर्फ रिजन ढकालले चार, उसामा मिरले तीन तथा कुशल मल्ल र सलाहुद्दीन खानले एक–एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनायो ।

    उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् ।

    योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् । यस्तै, आज कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेले ।

    उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् । देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे ।

    काठमाण्डुका लागि बलिङतर्फ कप्तान करण केसी र रशिद खानले समान २÷२ विकेट लिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan