Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |

काठमाडौँ, २९ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । एनपिएलका तीनवटा संस्करणसम्म आइपुग्दा पोखरा एभेन्जर्सले बनाएको २२४ रनको योगफल हालसम्मकै उच्च हो । यसअघि गत वर्ष दोस्रो संस्करणको एनपिएलमा विराटनगरले पोखराविरुद्ध २२० रन बनाएको थियो ।  

    कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो । पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेले । यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए । 

    बलिङतर्फ काठमाण्डुका लागि करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए । काठमाण्डुविरुद्ध प्रतिस्पर्धा गर्न लागेको पोखरा प्लेअफ पुग्नबाट  यसअघि नै बाहिरिसकेको छ । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डुले भने छ खेल खेल्दा चारमा जित र दुईमा हार बेहोरेको छ । काठमाण्डु गोर्खाजले अहिले पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan