खुल्यो पोखरा–बागलुङ सडक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार |
गण्डकी, २३ कात्तिकः कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारण र सवारीचालकलाई अनुरोध गरिएको उहाँको भनाइ छ । उक्त स्थानमा आइतबार सुक्खा पहिरो खस्दा सडक अवरूद्ध बनेको थियो ।


