Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्कीको मागमा सर्वोच्चको फैसलाः हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस)

काठमाडौँ, ९ मङ्सिरः सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलाशले आज रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टिसमेटबाट निवेदकको मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको फैसला गरेको हो । 

    निवेदकले अन्तरिम आदेशको माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बनिधत सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा सम्बोधन हुने आदेशमा उल्लेख छ । 

    “प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्त्व गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरूबाट लिखित परेपछि वा पर्ने अवधि व्यतीत भएपछि सात दिनभित्रै पेसी चढाइ पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू”, आदेशमा भनिएको छ । 

    कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य र डा दिनमणि पोखरेललगायत तथा नेपाल सरकारकातर्फबाट महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहानलगायतले वहस गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan