Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्युजिल्यान्डको खुद्रा व्यापारमा २.२ प्रतिशत वृद्धि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस/सिन्ह्वा)

न्युजिल्यान्डको खुद्रा बिक्री परिमाण सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा अघिल्लो त्रैमासिकको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ ।

सोमबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार यो सन् २०२१ को डिसेम्बर त्रैमासिकयताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि हो ।

न्युजिल्यान्डको राष्ट्रिय तथ्याङ्क निकाय स्ट्याट्स एनजेडका अनुसार उक्त अवधिमा इन्धन बिक्री, औषधि तथा अन्य पसलमा आधारित खुद्रा व्यापार र मोटरगाडी तथा त्यसका पार्टपुर्जाको बिक्रीमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

मापन गरिएका १५ खुद्रा व्यापार क्षेत्रमध्ये ११ वटामा अघिल्लो जुन त्रैमासिकको तुलनामा बिक्री परिमाण बढेको छ । इन्धन बिक्री ९.५ प्रतिशत, औषधि तथा अन्य पसलमा आधारित खुद्रा व्यापार ६.४ प्रतिशत र मोटरगाडी तथा पार्टपुर्जाको बिक्री ३.८ प्रतिशतले बढेको तथ्याङ्क निकायले जनाएको छ ।

त्यसैगरी, मौसमी प्रभाव समायोजनपछिको तथ्याङ्कअनुसार सेप्टेम्बर त्रैमासिकमा न्युजिल्यान्डका सबै १६ क्षेत्रमा खुद्रा बिक्रीको मूल्य बढेको छ ।

न्युजिल्यान्डका खुद्रा व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था रिटेल एनजेडकी प्रमुख कार्यकारी अधिकृत क्यारोलिन योङले जीवनयापनको बढ्दो लागतका बाबजुद उपभोक्ताले किनमेल जारी राखेको तथ्याङ्कले देखाएको बताउनुभयो ।

इन्धन तथा ऊर्जाको उच्च मूल्यले घरपरिवारको बजेटमा दबाब सिर्जना गर्नुका साथै व्यवसायको सञ्चालन खर्चसमेत बढाएकाले न्युजिल्यान्डवासी र व्यवसायीका लागि वर्ष कठिन रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ब्ल्याक फ्राइडे बिक्री अभियान सुरु भइसकेको र उपभोक्ताहरू क्रिसमसको तयारीमा जुटेकाले खुद्रा व्यवसायीहरूले आगामी चाडपर्वको समयमा व्यापार थप बढ्ने अपेक्षा गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan