Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | नविन रिजाल/रासस

दैलेख, ५ मङ्सिरः दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन् भने अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।

    बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, छ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो ।

    अस्पतालमा चिकित्सकले परीक्षण गर्दा तपेन्द्र र करिस्मालाई बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए । मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते मिलनको उपचार भइरहेको छ ।

    घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा पर्छ । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan