Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार |

सुनसरी, ५ मङ्सिरः जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
 
    गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराति मृत्यु भएको थियो ।

    प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । त्यस्तै आज बिहान  दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।

    इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेमध्ये  नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रहरीका अनुसार, चारै जना घाइतेको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये हबलदार राजवंशी र  अजयकुमार चौधरीको अवस्था गम्भीर रहेकाले सूचना अधिकारी खड्काले बताउनुभयो । प्रहरीका अनुसार मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेको परीक्षणबाट खुलेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan