Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि पुन र रावललाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

काठमाडौँ, ५ मङ्सिर: ‘गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि तीर्थकुमार पुन र राज्य रावलले प्राप्त गर्नुभएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित १० किलोमिटरको ‘गरिमा रोड रेस’ प्रतियोगिताको पुरुषतर्फ पुन र महिलातर्फ रावल प्रथम हुनुभएको हो ।

    पुनले ३१ मिनेट ५० सेकेन्ड र रावलले ३९ मिनेट ५४ सेकेन्डमा १० किलोमिटर दूरी पार गर्नुभयो । प्रथम भएसँगै उहाँहरूले रु ५० हजार नगद प्राप्त गर्नुभएको छ । त्यस्तै, कर्पोरेटतर्फ पाँच किलोमिटरतर्फ पुरुषमा इश्वर बुढाथोकी र महिलामा दिव्या विष्ट प्रथम हुनुभएको छ । बुढाथोकीले १९ मिनेट २८ सेकेन्ड र विष्टले २६ मिनेट ५७ सेकेन्डमा पाँच किलोमिटर दौड पूरा गर्नुभयो । उहाँहरूलाई नगद रु ३० हजार पुरस्कार प्रदान गरिएको छ ।

    दश किलोमिटर दूरीको प्रतियोगितामा दोस्रो हुने रु ३५ हजार, तेस्रो हुनेलाई रु २० हजार, चौथो हुनेलाई रु १५ हजार र पाँचौँ हुनेलाई रु १० हजार प्रदान गरिएको छ । यसैगरी, कर्पोरेटतर्फ दोस्रो हुनेलाई रु २० हजार, तेस्रो हुनेलाई रु १५ हजार, चौथो हुनेलाई रु १० हजार र पाँचौँ हुनेलाई रु पाँच हजार प्रदान गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले राससलाई जानकारी दिनुभयो ।

    कार्यक्रममा एक हजार ४०० भन्दा बढी धावकको सहभागिता रहेको बैंकले जनाएको छ । उक्त बैंकले २०औँ वार्षिकोत्सव यही मङ्सिर ७ गते सोमबार एक कार्यक्रम आयोजना मनाउने जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan