Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातासको खालबाट ४९ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

काठमाडौँ, ५ मङ्सिर: काठमाडौँ महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले निजहरूलाई रु नौ लाख ६० हजार ५०० तथा ४६० अमेरिकी डलर, भारतीय ५०० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । 

    यसैगरी काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ९३ हजार १८५ र चार थान ताससहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    सर्लाहीको ईश्वरपुर नगरपालिका-१ शङ्करपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ३५ हजार ४२५ र छ थान कौडासहित पक्राउ गरेको हो । 

    त्यस्तै, नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिङ्गोर बस्ने ४३ वर्षीय बिबेक पाण्डेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ७५ हजार ४३५ सहित पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan