Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस/एपी)

इन्जिनमा आगो वा स्पार्क देखिएको सङ्केतपछि हङकङबाट पपुवा न्युगिनीतर्फ उडेको एयर न्युगिनीको विमानले शनिबार दक्षिणी फिलिपिन्सको डाभाओ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको छ । विमानमा सवार १३७ यात्रु र नौ चालकदलका सदस्य गरी सबै १४६ जना सुरक्षित रहेका छन् ।

    फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका अनुसार बोइङ ७६७–३८३ ईआर विमानका पाइलटले दायाँ इन्जिनमा सम्भावित आगो वा स्पार्क देखिएको सङ्केत पाएपछि सुरक्षा प्रक्रिया अपनाएर विमानलाई निर्धारित मार्गबाट डाभाओतर्फ मोडेका थिए । मध्यरातपछि गरिएको अवतरणका क्रममा आपत्कालीन स्लाइड प्रयोग गरी बाहिरिएका कसैलाई चोटपटक लागेको छैन ।

    प्राधिकरणका प्रवक्ता एरिक अपोलोनियोले पाइलटहरूले दिएको विवरण घटनाको अनुसन्धानमा समावेश गरिने बताउनुभएको छ ।

    अवतरणपछि यात्रु तथा चालकदलका सदस्यलाई विमानस्थलको टर्मिनलमा लगेर आवश्यक सहायता र होटलको व्यवस्था गरिएको थियो । विमानमा क्षति पुगेको तत्काल विवरण प्राप्त भएको छैन ।

    घटनापछि सुरक्षा जाँचका लागि डाभाओ विमानस्थल केही समय बन्द गरिएको थियो । यसबाट दुईवटा आन्तरिक उडान रद्द भए पनि मुख्य धावनमार्गको जाँच पूरा भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan