Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | रासस

 

झापा, ५ मङ्सिरः एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

 

प्रतियोगिता यही मङ्सिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने छ । रंगशालामा सात हजार दर्शकले एकैपटक प्रतियोगिता हेर्न सकिने गरी अस्थायी प्याराफिट जडान गरिएको छ ।

 

गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले उद्घाटन खेलमा आयोजकको झापा ११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद रु ११ लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद रु पाँच लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि रु ९० हजार र उपविजेताको रु ५० हजारले वृद्धि गरिएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद १५ हजार र ट्रफी पाउनेछ ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan