धादिङमा बोलेरो ४०० मिटर तल खस्यो, एक महिलाको मृत्यु, नौ जना घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |
धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार गएराति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


