Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने  

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो ।

उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उहाँले जानकारी दिनुभयो । 

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan