Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घोप्टेभिरमा ढुङ्गा लागेर मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |

चितवन, १ मङ्सिर :  पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् । 


    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको थियो । ढुङ्गाले लागेर मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घाइते महर्जनको उपचारका क्रममा दिउँसो मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan