मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी
जुम्ला, १ मङ्सिर : जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको जानकारी दिनुभयो । दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला गाउँपालिकाका ८० जनाको नाम हटाइएको छ । पातारासीबाट ६४, कनकासुन्दरीबाट ५९, तातोपानीबाट ६०, सिंजाबाट ४८, गुठीचौरबाट ३७, हिमाबाट ५० र चन्दननाथ नगरपालिकाबाट ७६ जनाको दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलले बताउनुभयो ।
त्यसैगरी गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४१५ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ६९५ जना मतदाता सङ्ख्या कायम थियो ।


