Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमाले स्थायी कमिटी बैठकः भेलाको तयारीबारे छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |

काठमाडौँ, १ मङ्सिरः नेकपा (एमाले) को दोस्रो स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । 

    बैठकामा बुधबार र बिहीबार हुनलागेको राष्ट्रिय भेलाको तयारीका बारेमा  छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । 

    “राष्ट्रिय भेलाको तयारीका सन्र्दभमा बैठक केन्द्रीत रहेको थियो । बैठकमा तयारीका सन्र्दभमा गठन गरिएका विभिन्न उपसमितिको रिर्पोटिङ र छलफल गर्ने काम भयो,” उहाँले भन्नुभयो । 

    बैठकले भेलाका लागि तय गरिएका कार्यसूचि अनुमोदन गरेको छ । यस्तै बैठकले पार्टीको चौथो केन्द्रीय कमिटीको बैठक यही मङ्सिर ४ गते गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan