Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |

काठमाडौँ, २९ कात्तिकः नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्रको प्रदर्शन गरिएको छ ।

चाइना मिडिया ग्रुप एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास चिनियाँ सहयोगमा जोड दिनुभयो ।

उहाँले अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सन् १९९९ मा चीनको सहयोगमा स्थापना भएको उक्त अस्पताल नेपाल–चीन मित्रताको प्रतीक भएको बताउनुभयो ।

एक सय  शय्याबाट सुरु भएको अस्पताल हाल ५०० शय्यामा विस्तार भएको छ । अस्पतालमा हालसम्म २९९ जना सम्मिलित चिनियाँ चिकित्सक टोलीले सेवा प्रवाह गरिरहेको छ । 

अस्पताल स्थापना गर्ने समझदारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सन् १९९२ मा बेइजिङमा भएको स्मरण गर्दै अध्यक्ष दाहालले क्यान्सर उपचार, बोनम्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवाको विस्तारमा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवाभाव, समर्पण र मानवीय संवेदनालाई वृत्तचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो ।

“मानवीय सेवाको कुनै सीमा हुँदैन । पीडामा परेका मानिसको जीवनमा आशा र खुसी फर्काउनु नै चिकित्सकीय सेवाको सबैभन्दा ठूलो उपलब्धि हो,” अध्यक्ष दाहालले भन्नुभयो ।

विसंं २०७२ को भूकम्प, कोभिड–१९ महामारी तथा भोटेकोसी बाढीको कठिन समयमा चीन सरकारले गरेको उद्धार, राहत तथा अन्य सहयोगका लागि उहाँले कृतज्ञता ज्ञापन गर्नुभयो । 

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोसी बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित बागमती प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिमा चीन सरकारसँग सहयोगका निम्ति आग्रह गर्नुभयो ।

यहाँस्थित चिनियाँ दूतावासका कार्यवाहक प्रमुख चौ फानले चीचन र नेपालबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई अझ विस्तार गर्न चीन इच्छुक रहेको बताउनुभयो ।

कार्यवाहक राजदूत चौका अनुसार विगत २७ वर्षदेखि नेपालमा चिनियाँ चिकित्सकहरूले उपचार सेवा, रोग पहिचान तथा रोकथाम, प्रविधि आदानप्रदान तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सघाउँदै आएका छन् ।

सन् २०१६ देखि चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच संयुक्त रूपमा तिब्बती तथा आधुनिक चिकित्सा पद्धतिसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । शिविरबाट हालसम्म आठ हजारभन्दा बढी नेपाली लाभान्वित भएका छन् ।

नेपालका लागि चिनियाँ चिकित्सिा सहायता टोलीका प्रतिनिधिले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दाका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan