Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रा डा वीणा पौड्याललाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | (रासस)

काठमाडौँ, १४ कात्तिकः मौलिक संस्कृति, धार्मिक परम्परा, ऐतिहासिक सम्पदा तथा कलाको अध्ययन र अनुसन्धानमा योगदान पुर्‍याएबापत प्रा डा वीणा पौड्याललाई ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ ।

    दण्डपाणि अज्र्याल स्मृतिकेन्द्र, काठमाडौँले रु ५० हजार राशिको उक्त पुरस्कार यही कात्तिक २४ गते काठमाडौँमा आयोजना हुने प्रतिभा सम्मान समारोहमा प्रदान गर्ने निर्णय गरेको हो ।

    केन्द्रका महासचिव कपिल चन्द्र खनालका अनुसार यही कात्तिक १३ गते बसेको कार्यसमिति बैठकले पौड्याललाई सम्मानपत्रसहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    देशको संस्कृति, कला, दर्शन, इतिहास, भाषा, साहित्यलगायत राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने प्रतिभालाई केन्द्रले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ । 

    यसअघि उक्त पुरस्कारबाट प्राज्ञ ज्ञानमणि नेपाल, प्रा दिनेशराज पन्त, प्राज्ञ सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्राज्ञ मदनमणि दीक्षितलगायत श्रष्टा सम्मानित भइसक्नुभएको छ । 

    गोरखाको इतिहास, संस्कृति, शिक्षा तथा समाजसेवामा योगदान पुर्‍याएका दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६२ सालमा काठमाडौँमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र स्थापना गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan