पत्रकारलाई रिहा गर्न रूससँग जापानको आग्रह
जापानका विदेशमन्त्रीले पाँच वर्षमा पहिलो औपचारिक प्रत्यक्ष भेटमा मस्कोलाई हिरासतमा रहेका पत्रकारलाई रिहा गर्न आग्रह गरेको टोकियोले शनिबार जनाएको छ । रुसी अधिकारीहरूले यस महिना जापानी पत्रकार युकी इमाईलाई रुसको सुदूर पूर्वको सखालिन टापुमा जासुसी आरोपमा पक्राउ गरेको बताएका थिए ।
जापानी विदेश मन्त्रालयले तोशिमित्सु मोटेगीले अमेरिकी राज्य जर्जियाको एट्लान्टामा भएको जी–२० सम्मेलनमा सर्गेई लाभारोभसँगको भेटमा ‘पत्रकार इमाइलाई तुरुन्त रिहा गर्न जोडदार माग’ गरेको जनाएको छ । उहाँ अहिले मस्कोमा हिरासतमा हुनुहुन्छ ।
“कूटनीतिज्ञहरू ‘जापान–रुस सम्बन्धको कठिन अवस्था’बीच पनि सञ्चार कायम राख्नेछन्,” मन्त्रालयले जारी विज्ञप्तिमा जनाएको छ ।
दुई देशबीच प्यासिफिक महासागरका टापुहरूको स्थितिमाथि दशकौँ पुरानो विवाद छ । तर टोकियोले युक्रेन युद्धपछि मस्कोमाथिको विश्वव्यापी प्रतिबन्धमा सामेल भएपछि सम्बन्ध थप बिग्रिएको छ । उनीहरूका विदेशमन्त्रीहरूले अन्तिम पटक सन् २०२१ सेप्टेम्बरमा न्यूयोर्कमा औपचारिक वार्ता गरेका थिए ।
टोकियोले यस साता अधिकारीहरूले इमाईलाई पक्राउपछि पहिलो पटक भेटेको जनाएको छ । अगस्टमा जापानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सुदूर पूर्वको कुरिल टापु भ्रमणको विरोध गरेको थियो ।
जापानले सोभियत सङ्घले सन् १९४५ मा कब्जा गरेको यस क्षेत्रलाई उत्तरी प्रदेश भन्छ। यो सन् २०१० मा दिमित्री मेदभेदेभपछि रुसी राष्ट्रपतिको पहिलो भ्रमण थियो । टोकियोले पुटिनले भ्रमण गरेको विवादित टापु नजिक रुसले मिसाइल परीक्षण गर्ने घोषणाको पनि विरोध गरेको थियो ।

