Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेटः इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | (रासस/एएफपी)

इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । 

इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो । 

 स्वास्थ्य मन्त्रालयका अनुसार प्रारम्भिक क्षतिको विवरण अनुसार अहिलेसम्म चार यात्रुको मृत्यु भएको छ भने अन्य ८८ जनालाई गिजा क्षेत्र वरपरका अस्पतालमा उपचारका लागि पठाइएको छ । 

सरकारी मिडियाले यसअघि १२० जना घाइते भएको बताएका थिए । सिन्ह्वा न्युज एजेन्सीले कम्तीमा ६० जना घाइते भएका जनाएको थियो । 

राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनालाई आफूले निकै चासोका साथ नियालिरहेको बताउनुभएको छ। उहाँले घटनामा लापरबाही गरेको पाइएमा जो कोहीलाई पनि जवाफदेही बनाउन तत्काल अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। 

आपतकालीन कर्मचारीहरूले क्रेनको सहयोगमा भग्नावशेष हटाउन जुटिरहेको रेल यातायात प्राधिकरणले जानकारी दिएको छ । 

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको बताएका छन्। यो इजिप्टको सबैभन्दा खराब रेल दुर्घटनास्थल गिजाको अल–आयत क्षेत्रमा भएको हो । सन् २००२ मा कायरोको दक्षिणमा बिदा मनाउन यात्रु बोकेको रेलमा आगलागी हुँदा ३७० भन्दा बढीको मृत्यु भएको थियो । 
सन् २००९ मा यस क्षेत्रमा भएका कैयौँ रेल दुर्घटनामा दर्जनौँको मृत्यु भएको थियो । 

इजिप्टका ११ करोड मानिसहरू अफ्रिकाको सबैभन्दा ठूलो मध्ये एक यातायात सञ्जाल रेल यातायातमा धेरै निर्भर छन् । इजिप्टले बारम्बार घातक दुर्घटनाहरू भोग्नुपरेको छ। 

गत दशकमा, इजिप्टले नयाँ राजमार्ग र उच्च गतिको रेल लाइनहरू सहित आफ्नो यातायात पूर्वाधार अद्यावधिक गर्न अरबौं डलर खर्च गरेको छ, तर अझै पनि यसको पुरानो रेल नेटवर्कको धेरै समस्या हल गर्न सकेको छैन। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan