मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ होः राष्ट्रपति ट्रम्प
यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बताउनुभएको छ ।
उहाँले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएको छ ।
ट्रुथ सोशलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ‘ठूलो प्रतिगमनतर्फ’ अघि बढाएको छ।
“अमेरिकी नागरिक नडराऊ हामी पहिले भन्दा ठूलो र बलियो भएर फर्कनेछौँ,” उहाँले भन्नुभयो।
रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मवार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्कने सङ्केत गर्नुभएको छ। उहाँले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ ‘चिफ अफ स्टाफ’को रूपमा नियुक्त गर्नुभएको थियो ।
डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको बिरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।


