Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजिप्टमा रेल दुर्घटना, दर्जनौँ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | (रासस/सिन्ह्वा):

इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल एकआपसमा ठोक्किँदा कैयौँ यात्रु घाइते भएका इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले जनाएको छ ।

काएरो–आस्वानको गिजा–फायुम मार्गमा एउटा रेलले अर्को रेललाई ठक्कर दिँदा दुवै रेलमा रहेका यात्रीहरू घाइते भएका हुन् । 

दुर्घटनाग्रस्त भएको प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई अस्पताल लगिएको जनाएको छ । आपतकालीन टोली र क्रेनहरू घटनास्थललाई खाली गर्न र बाँकी डिब्बाहरू यथाशीघ्र दुवै दिशामा पठाई सेवा पुनःस्थापना गर्न पठाइएको प्राधिकरणले जनाएको छ ।

इजिप्टको सरकारी पत्रिका एल–योमले दिउको प्रारम्भिक सूचनामा दुर्घटनामा ६० जना घाइते भएको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan