चीनः भ्रष्टाचारको आरोप लागेका जनरल पार्टीबाट निष्कासन
चीनले सोमबार दुई उच्च पदस्थ सैन्य अधिकारीहरूलाई सत्तारुढ कम्युनिस्ट पार्टीबाट निष्कासन गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो कारबाही आरोपित जनरललाई ‘गम्भीर कानुनी उल्लङ्घन’ को लागि अनुसन्धान भइरहेको घोषणा भएको केही महिनापछि भएको हो।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय सैन्य आयोग (सीएमसी) का दुई उपाध्यक्षहरू मध्ये वरिष्ठ झाङ योउजियाले आफुलाई चीनको सर्वोच्च श्रेणीको जनरल बनाएर पदीय मर्यादा विपरित काम गरेको आरोप लागेको थियो ।
रक्षा मन्त्रालयले जनवरीमा झाङ र दोस्रो अधिकारी लिउ झेनलिलाई ‘अनुशासन र कानुनको गम्भीर उल्लङ्घनको आशङ्का” रहेको बताएको थियो । चीनमा भ्रष्टाचारमा संलग्नमाथि प्रयोग गरिने यो प्रचलित शब्दावली हो ।
यो घोषणा राष्ट्रपति सी जिनपिङको सत्ताकाललाई परिभाषित गर्ने व्यापक भ्रष्टाचार विरोधी अभियानसँग मेल खान्छ । झाङलाई पदबाट निष्कासन गर्ने निर्णयले विशेष गरी पर्यवेक्षकहरूलाई चकित पारेको छ किनकि उहाँको वरिष्ठता र चीनका नेतासँग नजिकको सम्बन्ध रहेको चर्चा हुने गरेको थियो ।
सिन्ह्वा न्यूज एजेन्सीले उनीहरूका मुद्दाहरूको विवरण पहिलो पटक सार्वजनिक गर्दै लेखेको छ, “यसमा ‘अत्यन्त धेरै रकम’ को संलग्नता थियो ।”
सोमबार बेइजिङमा भेट भएका शीर्ष अधिकारीहरूले दुईजनालाई कम्युनिस्ट पार्टीबाट ‘निष्कासन गर्ने’ र उनीहरूका मुद्दाहरू सैन्य कानुनी अङ्गहरूमा ‘समीक्षा र अभियोजनका लागि’ हस्तान्तरण गर्ने निर्णय गरेको सिन्ह्वाले उल्लेख गरेको छ।
अनुसन्धानले झाङ र लिउ ‘पार्टीप्रति अविश्वासी बनेका र सीमा रेखाहरू पार गरेका’ पाइएकोे पत्ता लागेको बताएको थियो ।
“उनीहरूले गुट गठन गर्ने र व्यक्तिगत लाभका लागि ठूलो रकम स्वीकार गर्ने लगायतका अपराधहरू गरेका थिए,” समाचारमा उल्लेख छ।
दुईजनाले ‘जागिरको पदोन्नतिजस्ता विषयहरूमा अरूलाई मद्दत गर्न आफ्नो पदको दुरुपयोग’ पनि गरेको सिन्ह्वाले अनुसन्धानलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
उनीहरूको निष्कासन पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अनुमोदनको अधीनमा छ ।
सोमबारको निर्णयले ‘सेनाभित्र भ्रष्ट तत्वहरूलाई लुक्ने ठाउँ बिल्कुल छैन भन्ने दृढ अडानलाई पुनःपुष्टि गर्छ” सिन्ह्वाले लेखेको छ।
चीनको केन्द्रीय सैन्य आयोगले झाङ र लिउलाई अधिकांश जिम्मेवारीबाट हटाइएको बताएको थियो ।
