Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिएमजेडमा माइन विस्फोट, तीन घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस-एएफपी)

सियोल, ५ असोज : दक्षिण कोरियाको डिमिलिट्राइज्ड जोन (डिएमजेड) मा सोमबार भएको संदिग्ध माइन विस्फोटमा एक सैनिक गम्भीर घाइते भएका छन् भने दुई सैनिकसहित तीन जना घाइते भएको दक्षिण कोरियाली सञ्चारमाध्यम योन्हाप टिभीले जनाएको छ ।

दुई कोरियालाई छुट्याउने डिएमजेडमा दक्षिण कोरियाको २५औँ इन्फेन्ट्री डिभिजन संलग्न सैन्य कारबाहीका क्रममा विस्फोट भएको एक सैन्य अधिकारीले बताए ।

उनका अनुसार विस्फोटमा एक सैनिक गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई सशस्त्र बल राजधानी अस्पतालमा उपचारका लागि लगिएको योन्हाप टिभीले जनाएको छ ।

सन् १९५०–५३ को कोरियाली युद्ध अन्त्य गर्ने युद्धविरामपछि प्रायद्वीपलाई विभाजित गर्दै आएको डिएमजेड विश्वका सबैभन्दा धेरै माइन बिछ्याइएका क्षेत्रमध्ये एक हो ।

पछिल्लो घटनामा विस्फोट भएको माइन उत्तर कोरियाली सेनाले बिछ्याएको हो वा दक्षिण कोरियाली सेनाले राखेको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

योन्हाप समाचार एजेन्सीले उद्धृत गरेको दक्षिण कोरियाली सैन्य तथ्याङ्कअनुसार डिएमजेड तथा त्यस वरपर करिब आठ लाख माइन गाडिएको अनुमान गरिएको छ ।

यस क्षेत्रमा पछिल्ला वर्षहरूमा पनि माइन बिछ्याउने कार्य जारी रहेको बताइएको छ ।

सन् २०२४ मा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो देशको ‘प्रमुख शत्रु’ घोषणा गर्नुभएको थियो ।

त्यसपछि प्योङयाङका सैनिकहरूले दक्षिण कोरियासँगको सीमालाई स्थायी रूपमा बन्द गर्ने प्रयासस्वरूप सीमाक्षेत्रमा माइन बिछ्याउने तथा ट्याङ्कविरोधी अवरोध निर्माण गर्ने काममा महिनौँ बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan