Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मस्कोको मतदान प्रणालीमा व्यापक साइबर आक्रमण ः रूसी अधिकारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस/सिन्ह्वा)

रूसी संसद् (डुमा) को नवौँ सत्रका लागि संसद्को तल्लो सदनका लागि भएको विद्युतीय मतदान प्रणालीमा व्यापक स्तरको साइबर आक्रमण भएको मस्कोमा निर्वाचन अवलोकनका लागि सार्वजनिक मुख्यालयका प्रमुख भादिम कोवालेभले आइतबार बताउनुभएको छ। 

रूसले आफ्नो प्रविधिको प्रयोग गरी आक्रमणलाई सफलतापूर्वक रोक्न सकेको कोवालेभले बताउनुभयो । 

“हाम्रो दुर्गम भेगका विद्युतीय मतदान प्रणालीमा व्यापक र गम्भीर साइबर आक्रमण भइरहेको छ,” कोवालेभले भन्नुभयो । साइबर आक्रमणका बावजुद् पनि अनलाइन मतदान प्लेटफर्म स्थिर रूपमा सञ्चालन भएको र कुनै ढिलाइ वा मतदानका लागि धेरै मानिस लामवद्ध अवस्थामा कुनु नपरेको पुष्टि उहाँले गर्नुभयो ।

रूसको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष एल्ला पाम्फिलोभाका अनुसार आक्रमणहरू मुख्यतः विदेशबाट सुरु गरिएका थिए। “मतदानका दिनहरूमा रुसको निर्वाचन पूर्वाधारविरुद्ध एक हजारभन्दा बढी साइबर आक्रमणका चक्रहरू रेकर्ड गरिएका थिए,” आरआईए नोभोस्तीले उहाँलाई उद्धृत गर्दै लेखेको छ। 

निर्वाचनका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो कार्यालयमा कम्प्युटरमार्फत मतदान गरेको क्रेमलिनले जनाएको छ।

आयोगको निर्णयअनुसार मतदान शुक्रबारदेखि आइतबारसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan