Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि गरिमा विकास बैंकद्धारा १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |
newsabhiyan

काठमाडौं, १ असोज । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गन घोषणा गरिएको छ ।

बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, राहत तथा पुर्नस्थापना प्रयोजनको लागि कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम रु १६,२०,५५०/– -अक्षरेपी सोह्र लाख बिस हजार पाँच सय पचास मात्र) र बैंकको तर्फबाट नगदरु ३४,९०,५६१/– -अक्षरेपी चौंत्तिस लाख नब्बे हजार पाँच सय एकछठ्ठी मात्र) समेत जम्मा रकम रु ५१,११,१११/– -अक्षरेपी एकाउन्न लाख एघार हजार एक सय एघार मात्र) प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ । 

साथै, विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु ५०,००,०००/– -अक्षरेपी पचास लाख मात्र) बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । 

गरिमा विकास बैंक लिमिटेडले यस अकल्पनीय प्राकृतिक विपद्मा परी ज्यानगुमाउनु भएका सम्पूर्ण नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभ र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस विपद्को कठिन घडीमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्थातथा सम्पूर्ण सरोकारवालाबीचको सहकार्यबाट राहत, पुर्नस्थापना र पुनर्निमाणका प्रयासलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्दछौं ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan