Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस-एएफपी)

नयाँदिल्ली, ३१ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत तीन हप्तादेखि चलिरहेको जातीय द्वन्द्वका कारण भएको  पछिल्लो झडपमा दुई जना महिलाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । योसँगै यस आक्रमणमा नागरिक हताहतको सङ्ख्या १० पुगेको जनाइएको छ ।

सन् २०२३ देखि मणिपुरमा मुख्यतया हिन्दू बहुमत र यसको मुख्यतया इसाई कुकी अल्पसङ्ख्यकबीच अशान्ति भड्किएको छ, भने पछिल्लो समयामा हिंसात्मक रुप लिदै पछिल्लो समयमा नागा समूहसम्म फैलिएको जनाइएको छ ।

भूमि र राजनीतिक प्रभावमाथि प्रतिस्पर्धात्मक दाबीद्वारा भड्किएको द्वन्द्वका कारण २५० भन्दा बढीको ज्यान लिएको छ ।

राज्यको राजधानी इम्फालबाट करिब १५० किलोमिटर पश्चिममा रहेको तामेङलोङ जिल्लामा उनीहरूको घर नजिकै भएको आक्रमणमा दुई महिलाको मृत्यु भएको जनाइएको छ ।

मङ्गलबार दिउँसो दुई महिलाको हत्या भएपछि तामेङलोङमा बन्द जारी रहेको प्रहरी अधीक्षक लानमियो लुइखामले बताउनुभयो ।

लुइखामले यो आक्रमण मुख्यतया क्रिश्चियन नागा र कुकी समूहबीचको हालै भएकोे झडपसँग जोडिएकोसमेत उल्लेख गर्नुभएको छ ।  

“हामीले अनुसन्धान र आवश्यक औपचारिकता पुरा गरिरहेका छौँ र यस क्षेत्रमा शान्ति कायम गर्नमा ध्यान केन्द्रित गरिरहेका छौँ” उहाँले भन्नुभयो ।

युद्धग्रस्त म्यान्मासँग सीमा क्षेत्र साझा भएको मणिपुर राज्यमा भएका तीनवटा छुट्टा–छुट्टै घटनामा आठ जनाको मृत्यु भएको केही दिनपछि यो आक्रमण भएको हो ।

सामान्य स्थिति पुनःस्र्थापना गर्न भारत सरकारले गरेका प्रयास केही मात्रामा मात्र सफल भएको जनाइएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan