करिब १ सय ५ किलोग्राम गाँजा बरामद
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |
सिराहा, ३१ भदौ : सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ५ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीलाई देख्नासाथ चौहर्वाबाट सिरहातर्फ आउँदै गरेको ज.१ च १२१३ नम्बरको एम्बुलेन्स छाडी चालक फरार भएपश्चाात प्रहरीले एम्बुलेन्सलाई जाँच गर्दा ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
