Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लाइमाननजिकै युक्रेनी सेनाद्वारा रुसी फौजविरुद्ध प्रत्याक्रमण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस/एएफपी)

युक्रेनी सेनाको एक टुकडीले पूर्वी युक्रेनको द्वन्द्वग्रस्त सहर लाइमाननजिकै रुसी सेनाविरुद्ध प्रत्याक्रमण सुरु गरेको टुकडीका कमाण्डरले मङ्गलबार बताउनुभएको छ । रुसले महिनौँदेखि उक्त सहरतर्फ आफ्नो नियन्त्रण विस्तार गर्ने प्रयास गर्दै आएको छ ।
    फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता रुसले डोनेत्स्क क्षेत्रको करिब तीनचौथाइ भूभाग कब्जा गरिसकेको छ । लाइमान भने अझै युक्रेनको नियन्त्रणमा रहेका यस क्षेत्रका केही प्रमुख सहरी क्षेत्रमध्ये एक हो ।
    सैन्य विश्लेषकका अनुसार लाइमान रुसी नियन्त्रणमा गएमा मस्कोलाई दक्षिणतर्फ अघि बढ्न तथा युक्रेनको नियन्त्रणमा रहेका महत्वपूर्ण आधार क्षेत्र क्रामेटोस्र्क र स्लोभियान्स्कलाई जोखिममा पार्न सहज हुन सक्छ ।
    यो क्षेत्र लामो समयदेखि युद्धको प्रमुख केन्द्रका रूपमा रहँदै आएको छ । “तेस्रो आर्मी कोप्र्सले यस क्षेत्रमा ‘भिभाल्डी’ नामक आक्रमण अभियान सुरु गरेको छ,” युक्रेनको तेस्रो आर्मी कोप्र्सका कमाण्डर एन्ड्री बिलेट्स्कीले टेलिग्राममा सार्वजनिक गरिएको भिडियोमा भन्नुभयो ।
    उहाँका अनुसार युक्रेनी सेनाले करिब ७५ वर्ग किलोमिटर क्षेत्रबाट रुसी सेनालाई हटाएको छ ।
    युद्धक्षेत्रको अवस्था देखाउने युक्रेनसम्बद्ध नक्सा सेवा ‘डिपस्टेट’ले पनि युक्रेनी सेनाले लाइमानको उत्तरतर्फ केही भूभाग आफ्नो नियन्त्रणमा लिएको देखाएको छ । युक्रेनको उक्त दाबीबारे रुसले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
    युद्धमा ड्रोनको व्यापक प्रयोगका कारण ठूलो सङ्ख्यामा सैनिकको आवतजावत कठिन बनेको छ । यसले लामो समयदेखि जारी युद्धमा दुवै पक्षको अग्रगमनलाई सीमित गरेको छ ।
    इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्लू) को तथ्याङ्कमा आधारित एएफपीको सेप्टेम्बरको सुरुआती विश्लेषणअनुसार पूर्वी युक्रेनमा रुसी सेनाको अग्रगमन अगस्टमा केही तीव्र भए पनि युद्धको सुरुआती वर्षहरूको तुलनामा अझै निकै सुस्त रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan