Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपीडितलाई निजी विद्यालयद्वारा सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | रासस

 बागलुङ  ३० भदौ ः भोटेकोशी बाढीपीडितलाई बागलुङका निजी विद्यालयले रु १२ लाख बढी रकम सहयोग गरेका छन् । 

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १२ लाख ७७ हजार ६३३ सहयोग गरिएको छ । 

    प्याप्सनमा आबद्ध विद्यालय, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन गरी रु आठ लाख २४ हजार ७४१ र प्याप्सन केन्द्रमार्फत सरकारलाई पाठाइएको प्याप्सनका अध्यक्ष दल थापाले जानकारी दिनुभयो । 
    
    भोटेकोशी–त्रिशूली नदीमा यही भदौ १० गते गएको बाढी तथा विपद्का पीडितको राहत र उद्धारमा सघाउने उद्देश्यले प्याप्सन बागलुङले जिल्लाभरका सदस्य विद्यालयमार्फत राहत सङ्कलन अभियान सञ्चालन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan