Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिष्णुदेबी तेक्वान्दो डोजाङमा नृत्य र सम्मान कार्यक्रम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
newsabhiyan

काठमाडौं । हिन्दु धर्मावलम्बी दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा चन्द्रागिरि नगरपालिका–१५ स्थित विष्णुदेवी तेक्वान्दो डोजाङले आयोजना गरेको नृत्य कार्यक्रम तथा खेलाडी सम्मान समारोह आज सम्पन्न भएको छ।

तीज पर्वको सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा खेलाडी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। 

कार्यक्रममा डोजाङमा आबद्ध तेक्वान्दो खेलाडी भाईबहिनिहरुले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गर्दै तीजको उल्लासलाई थप जीवन्त बनाएका थिए।

मेहनत, अनुशासन र खेल क्षेत्रमा गरेको योगदानको कदर गर्दै खेलाडी भाईबहिनीहरुलाई सम्मानसमेत गरिएको थियो।

 खेलाडीलाई सम्मान गर्दै आयोजकले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र स्वस्थ जीवनशैली विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

तीजको सांस्कृतिक उत्सवसँगै खेलाडीको हौसला बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले खेलकुद र संस्कृतिबीचको सम्बन्धलाई समेत उजागर गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले तीज पर्वलाई केवल मनोरञ्जनको पर्वका रूपमा नभई आपसी सद्भाव, भाइचारा, महिला सम्मान र सांस्कृतिक पहिचानसँग जोडेर मनाउनुपर्नेमा जोड दिएका थिए।

विष्णुदेवी तेक्वान्दो डोजाङले आगामी दिनमा समेत खेलाडीको क्षमता विकाससँगै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan