Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रभु बैंकद्घारा रसुवा बाढी पीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २५ बिहीबार |
newsabhiyan

काठमाडौं, २५ भदौ । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले आज प्रभु बैंक लिमिटेडद्धारा थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय,  नुवाकोटलाई उपलब्ध गराएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैैकले उपलब्ध गराएको राहत सामग्रीप्रभु बैैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गर्नु भयो ।

यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २,११,११,१११/— -अक्षरेपी दुई करोड एघार लाखएघार हजार एक सय एघार रुपैयाँ मात्र) को चेक हस्तान्तरण गरिएको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक लि. परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछौै । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan