Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस/सिन्ह्वा)

बेलायतको कार्य तथा पेन्सन विभाग (डी डब्ल्यूपी) ले आफ्ना प्रणालीमा साइबरसम्बन्धी घटना पहिचान गरेपछि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ ।
विभागले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै प्रभावित प्रणालीको अनुसन्धान तथा सेवा पुनः सञ्चालनका लागि काम भइरहेको जनाएको छ ।
डी डब्ल्यूपीले राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सरकारी साइबर समन्वय केन्द्रसँग नजिकबाट सहकार्य गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ । सेवाहरू सकेसम्म चाँडो पुनः सञ्चालनमा ल्याउने र सर्वसाधारणलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्ने प्रयास भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार नियमित सामाजिक सुरक्षा भत्ता तथा पेन्सन भुक्तानीमा भने कुनै असर पर्ने छैन । ती भुक्तानी पूर्वनिर्धारित समयअनुसार नियमित रूपमा जारी रहनेछन् ।

सेवासम्बन्धी सहायता आवश्यक पर्ने सेवाग्राहीले आफ्नो नियमित भत्ता सहायता सम्पर्क नम्बरमा फोन गर्न सक्नेछन् । विभागका कर्मचारीले आवश्यक सहयोग उपलब्ध गराउने जनाइएको छ ।
बेलायती सञ्चारमाध्यमका रिपोर्टअनुसार साइबर घटनाका कारण लाखौँ मानिस केही अनलाइन भत्ता तथा पेन्सन सेवामा पहुँच बनाउन असमर्थ भएका छन् ।
बेलायतका कार्य तथा पेन्सनमन्त्री प्याट म्याकफ्याडनले घटनालाई ‘गम्भीर साइबर घटना’ को संज्ञा दिनुभएको छ । घटनाको कारणबारे अहिले नै थप जानकारी दिन नसकिने उहाँले बताउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan