Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | रासस

 

नारायणगढ (चितवन), १० मङ्सिरः चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ ।

 

प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको हाइब्रिड धानको प्रदर्शन खेतीमा प्रतिहेक्टर ६.८६ टन उत्पादन भएको जनाइएको छ ।

 

चिनियाँ धान विशेषज्ञ वाङ छियानले चिनियाँ विशेषज्ञको प्राविधिक सहयोग तथा नेपाल र चीनका कृषि विज्ञको संयुक्त प्रयासमा उत्पादन हासिल भएको जानकारी दिनुभयो ।

 

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले चिनियाँ विशेषज्ञले प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्दै नेपालमा धानको अनुसन्धान तथा परीक्षणमा सहयोग गरेको बताउनुभयो । आठ सय दिनभन्दा बढी समयको अनुसन्धानपछि उक्त उपलब्धि हासिल भएको हो । 

 

छोङछिङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष तान पिङले दुवै देशका वैज्ञानिकबीचको सहकार्यबाट सफलता मिलेको बताउनुभयो ।

 

सन् २०२३ को जुलाइमा छोङछिङ नगरका कम्युनिष्ट पार्टी सचिव युआन चियाजुनको चितवन भ्रमणका क्रममा ‘भविष्य उज्यालो, जीवन्त गाउँ’ कार्यक्रमअन्तर्गत दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना सुरु गरिएको हो ।

 

परियोजनाअन्तर्गत धानखेती, भैँसीपालन र सागसब्जी खेतीका तीन वटा कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएको छ । परियोजनाले लगातार दुई वर्ष उत्पादनमा सफलता हासिल गरेको र सहभागी किसानले कतारलगायत मध्यपूर्वका देशमा सागसब्जी निर्यात हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan