Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

काठमाडौं, ८ मंसिर । नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ । 

यसअघि ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा अब सबै देशमा ६० सेकेन्डको पल्स अवधि लागू हुने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणबाट प्राप्त स्वीकृतिअनुसार अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्स अवधि ६० सेकेन्ड कायम गरिएको टेलिकमले जनाएको छ । यसअनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकको सञ्जालमा अन्तरराष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुनेछ ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी देशमा समेत आजदेखि नयाँ व्यवस्था लागू हुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकसँग अन्तरराष्ट्रिय कल गर्न विभिन्न पहुँच सङ्केत (एक्सेस कोड) को व्यवस्था गरेको छ । 

अन्तरराष्ट्रिय कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको सङ्केत राखेर सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था रहेको छ । विभिन्न देशमा अन्तरराष्ट्रिय कल गर्दा लाग्ने दररेटबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan