Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

बाँके, ९ मङ्सिरः जिल्लाको राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ ।

दुर्गम मानिने गाउँका सडक कालोपत्र भएपछि गाउँ र बजारबीचको दूरी कम भएको स्थानीय देवदास चौधरीले जानकारी दिनुभयो । ती कालोपत्रे सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई जोड्न सहज भएको उहाँको प्रतिक्रिया छ । 

स्थानीय चौधरीका अनुसार, गाउँ वा बजार आवतजावत गर्न सहज पहुँच भएको छ, सडक कालोपत्र भएपछि गाउँ पनि सुगम भएको महसुस भएको छ ।  

उक्त गाउँपालिका–२ स्थित कचनापुर, टीकुलीपुर माथेबास टोललगायतका सडक कालोपत्र भएसँगै ती गाउँ प्रत्यक्ष रुपमा नेपालगञ्ज र कोहलपुर बजारसँग जोडिन पुगेका हुन् । 

सडक कालोपत्र भएसँगै यातायातका साधनको पहुँच वृद्धि भएको तथा बिरामीलाई अस्पतालमा ल्याउन र  पु¥याउन  सहज भएको वडाध्यक्ष ज्ञानराज ओलीले प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार  विगतमा हिँडेरै नेपालगञ्ज पुग्ने गरेकोमा अहिले अटोमार्फत गाउँबाट बजार आवतजावत हुने गरेको छ ।  

वडाध्यक्ष ओलीका अनुसार, सामुदायिक वनभित्र मात्रै करिब एक किलोमिटर ८०० मिटर ग्राभेल सडक कालोपत्र भएको छ । पछिल्लो समय स्थानीय कोटही सामुदायिक वन उपभोक्ता सूमह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्रका सडक कालोपत्र भएको छ ।  

सडक कालोपत्र भएपछि  गाउँबाट उत्पादित तरकारी र अन्य बजार लगेर बेचबिखन गर्न स्थानीयलाई सहज भएको छ । पछिल्लो  समय यातायात र पूर्वाधार क्षेत्रमा भएको विकासले सहर र गाउँको दूरी कम हुँदै गएको अनुभव वडाध्यक्ष ओलीले सुनाउनुभयो । 

सडकसँगै गाउँका कतिपय खोल्सामा निर्माण भएको पक्की पुलले कालोपत्र सडकलाई थप सुन्दर र स्थायित्व प्रदान गरेको छ । स्थानीय भगतराम थारुले विगतको तुलनामा सडक पूर्वाधारसँगै विद्युतीकरणले गाउँ र सहरबीचमा रहेको भिन्नता हटाएको छ । गाउँमा खानेपानी, सडक र विद्युतीकरण विस्तार भएसँगै आधारभूत आवश्यकता सम्बोधन गर्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan