Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यौन हिंसासम्बन्धी विधेयक संशोधनको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

काठमाडौँ, ९ मङ्सिरः प्रतिनिधिसभाका सांसदहरुले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अधुरो र अपुरो रहेकाले त्यस संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिनुभएको छ ।

लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिता नारासहित आजदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानसम्बन्धी अन्तक्र्रियामा सांसदहरुले  यौन हिंसासम्बन्धी आवश्यक कानुन संशोधन गर्नुपर्नेमा जोड दिनुभएको हो । प्रस्तावित विधेयकमा थप पाँचवटा बुँदा सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँहरुको भनाइ थियो ।

महिला, कानुन र विकास मञ्च र इक्वुलिटी नाउले आयोजना उक्त कार्यक्रममा प्रस्तावित विधेयकलाई आवश्यक सुधार गरी गुणस्तरीय बनाउन नसकिएमा भविष्यमा निर्माण हुने कानुन अधुरो र अपुरो हुने सांसदहरुको भनाइ छ ।

प्रतिनिधिसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई समेट्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले यौन हिंसाका पीडकलाई अन्य अपराधी सरह सजाय दिएर मात्र नपुग्ने भएकाले विशेष सजायको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।
 
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बलावती शर्माले यौन हिंसासम्बन्धी अपराधमा कठोर सजायको व्यवस्थाको प्रावधान राखिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी अन्य सांसदले पनि यौन तथा लैंगिक हिंसा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन ढिला गर्न नहुनेमा जोड दिनुभयो । यौन हिंसासम्बन्धी विषय गम्भीर भएकाले हतारमा कानुन निर्माण गरेर पछुताउनेभन्दा पहिले व्यापक छलफल गरेर प्रक्रिया अगाडि बढाउनु बुद्धिमानी हुने उहाँको भनाइ छ ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मन्त्रालयले तयार पारेको विधेयकमा जबर्जस्ती करणी, वैवाहिक बलात्कार र हद म्यादसम्बन्धी प्रस्तावित विधेयकमा सुधार आवश्यक रहेको बताउनुभयो ।

वार्षिक रुपमा हुने अपराधको २९ प्रतिशत लैंगिक हिंसाका घटना रहेको तथ्याङ्क छ । कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार ७८.५ प्रतिशत अभियुक्त पीडितका परिचित व्यक्ति रहेको छ । त्यसबाट ६२.४ प्रतिशत बालिका पीडित रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । 

यसैगरी हदम्यादका सम्बन्धमा पनि न्यायमा पीडितको पहुँच सुनिश्चित गर्न र अपराधीलाई उम्किन नदिने व्यवस्थाका लागि सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan