Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुटवल यातायात व्यवस्था कार्यालय परिसरबाट सात जना बिचौलिया नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

बुटवल । रुपन्देहीको बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा विभिन्न बहानामा बिचौलियाको भूमिका निर्वाह गर्ने गरेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा पर्नेमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ की ४३ वर्षीया लक्ष्मी खनाल र सोही स्थानका ६२ वर्षीय खोमलाल भुषाल रहेका छन्।

त्यसैगरी बुटवल उपमहानगरपालिका–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्ररमधोज श्रेष्ठ पनि नियन्त्रणमा परेका छन्।

यातायात कार्यालय परिसरबाट एकैपटक सात जना बिचौलिया नियन्त्रणमा परेपछि सेवाग्राहीलाई सहज र पारदर्शी सेवा उपलब्ध गराउने विषय फेरि चर्चामा आएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan