Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मकवानपुरमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले आज बिहान करिब ६ बजे स्थानीय ३५ वर्षीय पञ्चबहादुर थिङ (सुमन) को घरमा खानतलासी गर्दा खाटमुनि बोरामा लुकाइराखेको अवस्थामा चालु अवस्थाका दुई थान भरुवा बन्दुक फेला पारेको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा खटिएको अनुसन्धान टोलीले बरामदी मुचुल्का तयार गरी थिङलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan