Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सार्वजनिक लेखा समितिको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

काठमाडौँ, ८ मङ्सिर : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी विषयमा उजुरी परेपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । छलफलपछि समिति सभापति भरतबहादुर खड्काले त्यससँग सम्बन्धित कागजात सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिनुभयो । 

लोकतन्त्रको मूल्य, मान्यता विधि, प्रणाली, पद्धति र प्रक्रिया भएको उल्लेख गर्दै उहाँले त्यसअनुसार काम भए नभएको अध्ययनका लागि कागजात पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो ।

आवश्यक कागजातको अध्ययनपछि समितिले आफ्नो कार्य क्षेत्रका आधारमा काम गर्ने जानकारी दिँदै सभापति खड्काले समिति अख्तियार वा अदालत नभएकाले कार्य क्षेत्रभित्रै रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा सांसद मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न काममा पटकपटक एउटै कम्पनीलाई ठेक्का दिएको, डिजिटल डेटा सुरक्षाको सुनिश्चितता नरहेको, विस्थापित हुन लागेको प्रविधि नेपालमा भित्र्याउन खोजिएको हो कि ? भनी प्रश्न उठाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan