Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल–युरोप व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

काठमाडौँ, ८ मङ्सिर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग  नेपालका लागि युरोपेली सङ्घ (इयु) का राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–युरोप व्यापार तथा आर्थिक सहकार्य विस्तारबारे छलफल भएको हो । उहाँहरुबीच नेपाली उत्पादनको निर्यात प्रवर्द्धन, युरोपेली बजारमा नेपाली वस्तुको पहुँच विस्तार, लगानी आकर्षण तथा निर्यातका नयाँ सम्भावना पहिचान गर्ने विषयमा गहन छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँहरुले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई युरोपेली बजारसँग जोड्दै द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan