Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस)

सुदूरपश्चिम, ६ मङ्सिर : ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ ।

    आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोट्र्स क्लब धनगढीले धनगढी रङ्गशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो ।

    क्लबका महासचिव प्रकाश शाहीले फुटबल खेलको विकास र विस्तारमार्फत सुदूरपश्चिमको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने, युवामा फुटबलप्रतिको आकर्षण बढाउने र सुदूरपश्चिममा खेल पर्यटनको विकास गर्ने प्रतियोेगिताको लक्ष्य रहेको उहाँको भनाइ थियो ।

    क्लबका अध्यक्ष योगेन्द्र चन्दले प्रतियोगितामा अन्तरराष्ट्रियसहित १० वटा टोलीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगिता धनगढी रङ्गशालामा हुने उहाँले बताउनुभयो ।

    क्लबले विसं २०७३ देखि यहाँ प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको विजेताले रु २१ लाख  र उपविजेताले रु ११ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार तथा ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan