माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |
भद्रपुर (झापा), ६ मङ्सिरः झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ ।
माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिवार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।
यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो । मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
