Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

धनगढी, ५ मङ्सिर: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार खेलकुद क्षेत्रको सर्वाङ्गीण विकासका लागि सहयोग गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । 

    धनगढी उपमहानगरपालिकाले आज यहाँ आयोजना गरेको धनगढी नगरस्तरीय ग्रासरुट फुटबल विकास कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकार खेलकुद र खेलाडीको प्रक्षिशक तथा प्रतिभाको सर्वाङ्गीण विकासका लागि सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    मुख्यमन्त्री भट्टले फुटबललाई हाम्रो परिचान बनाउनका लागि प्रदेश सरकारको तर्फबाट सरोकार भएका निकायसँग संवाद, सहकार्य र सहअस्तित्वको रूपमा कार्ययोजना तयार बनाइ काम गर्ने बताउनुभयो । उहाँले आज युवापुस्ता लागुपदार्थ र दुव्र्यसनको डरलाग्दो शिकार बनिरहँदा त्यो पुस्तालाई सानै उमेरबाट यस प्रकारको सिर्जनात्मक क्षेत्रतर्फ डोर्‍याउने प्रसास गरिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले धनगढीमा फुटबल र क्रिकेटप्रति युवापुस्ताको आकर्षण बढ्दै गएकाले त्यसलाई व्यवस्थित गर्दै नयाँ प्रतिभा पहिचान र विकास गर्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले यस वर्ष करिब पाँच हजार बालबालिका तथा किशोरकिशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य रहेको बताउनुभयो । 

    उपप्रमुख कन्दकलाकुमारी रानाले उपमहानगरले शिक्षा र स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रमअन्तर्गत १३ वर्षमुनिका बालबालिकालाई सातामा दुई दिन (शनिबार र आइतबार) फुटबल प्रशिक्षण दिइनेछ । 

    मङ्सिरदेखि तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षण नगरका विभिन्न वडास्थित सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा हुनेछ । स्थानीयस्तरमा फुटबलको आधार बलियो बनाउने, बालबालिका तथा युवालाई सुरुआती चरणदेखि प्रशिक्षणको अवसर प्रदान गर्ने र प्रतिभावान् खेलाडी पहिचान गर्ने कार्यक्रमको लक्ष्य रहेको उपमहानगरपालिकाले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan